10 भदौं, काठमाडौं । उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेका छन्।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारी, उपत्याकाका मेयर र तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो।
उपत्यकाका सीडीओहरुले ३ भदौ राति १२ बजेदेखि लागू हुने गरी एक साताको लागि जारी गरेको निषेधाज्ञा आज बुधबार राति देखि सकिँदैछ।