बिहीबार , असोज ३ गते २०८१

नेपालमा कोरोना सङ्क्रमण दर उच्च

नेपालमा कोरोना सङ्क्रमण दर उच्च

अखबार दैनिक
शनिबार, भदौ ६ २०७७
  • नेपालमा कोरोना सङ्क्रमण दर उच्च

    काठमाडौं, ६  भदौ । नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ ।

    images

    देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो ।

    सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन ।

    शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुुई सय सङ्क्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा थप ८३८ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ