बिहीबार , असोज ३ गते २०८१

थप ५८१ जनामा कोरोना संक्रमण

थप ५८१ जनामा कोरोना संक्रमण

अखबार दैनिक
सोमबार, भदौ १ २०७७
  • थप ५८१ जनामा कोरोना संक्रमण

     काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

    कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ