शुक्रबार, जेठ ३२ गते २०८२

उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान

उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८२
  • उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान

    काठमाडौं ।अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।

    images

    यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

    अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो ।

    नागरिक उड्डयन मन्त्रीसँग प्रधानमन्त्री मोदीले गरे टेलिफोन कुराकानी

    अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा कुरा गरेका छन् । मन्त्रीको कार्यालयका अनुसार नायडु अहिले अहमदाबाद जाँदै छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्ने इन्डिया टुडेमा उल्लेख छ ।

    प्रधानमन्त्री मोदीले तुरुन्त आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् र घटनाको अपडेट नियमित रूपमा दिन भनेका छन्। सबै सम्बन्धित एजेन्सीहरू उच्च सतर्कतामा छन् र समन्वयका साथ उद्धार कार्य चलिरहेको छ । विमान दुर्घटनापछि अहमदाबाद विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ