मंगलबार, वैशाख १८ गते २०८१

अमेरिकामा कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न, छोरीहरुले दिए दागबत्ती

अमेरिकामा कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न, छोरीहरुले दिए दागबत्ती

अखबार दैनिक
आइतबार, चैत १२ २०७९
  • अमेरिकामा कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न, छोरीहरुले दिए दागबत्ती

    टेक्सस ड्यालस शनिवार कृष्ण लामिछानेको अष्टेष्ठि गरिएको छ । धार्मिक विधि अनुसार उनको अन्तेष्ठि गरिएको हो । उनका दुई छोरीले दागबत्ती दिएका थिए । गत मंगलबार घरमै मृत भेटिएका कृष्ण लामिछानेको अन्तिम संस्कारमा समुदायको ठूलो उपस्थिति थियो ।

    images

    अन्तिम संस्कारका वेला लामिछानेको छोरीको बाबु प्रतिको भनाईले सबैका आँखा रसाएका थिए । जेठी छोरी कृतिमाले आफुले बाबुको वाटो पछ्याउने बताइन् । गौतम बुद्धको बाटोमा आफु हिँड्ने बताउँदै उनले समाजसँग आफुहरुलाई एक्लै नछाड्न पनि आग्रह गरिन् ।

    कृष्ण लामिछाने नेपाली समुदायबीच सक्रिय व्यक्ति थिए । शनिवार ठूलो सख्यामा उपस्थित नेपाली समुदायले उनले समुदायलाई गरेको सेवाको प्रशंसा गर्दै उनलाई अन्तिम श्रद्धान्जली दिए ।

    स्वर्गीय लामिछानेका बुवाले आफु अमेरिका आउन सक्ने अवस्था नरहेकाले अन्त्यष्टी नरोक्न भनेपछि शनिबार अन्तिम संस्कार गरिएको हो । -हिमालय खबरबाट

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ