१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बुधवार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुरू भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जुडोकी ओलम्पियन देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै औपचारिक रूपमा राष्ट्रपति रनिङ शिल्डको १५औं संस्करणको उद्घाटन गर्नुभएको थियो ।
त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारी र सरस्वती चौधरीलगायत ओलम्पियनले ओलम्पिक टर्च र्याली गराउनुभएको थियो ।