बिहीबार , असोज ३ गते २०८१

सेयर बजार विकासका लागि धितोपत्र बोर्डको १७ बुँदे योजना

सेयर बजार विकासका लागि धितोपत्र बोर्डको १७ बुँदे योजना

अखबार दैनिक
सोमबार, साउन ५ २०७७
  • सेयर बजार विकासका लागि धितोपत्र बोर्डको १७ बुँदे योजना

    काठमाडौं। नेपाल धितोपत्र बोर्डले आइतवार आगामी आर्थिक वर्ष २०७७ /७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    images

    बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। अध्यक्ष ढुंगानाले समग्र बजार विकास तथा सुधारको लागि १७ वटा विषय समेटेका छन्।

    १.  नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) को विद्युतीय कारोवार प्रणालीलाई धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गरी पूर्ण स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने। 

    २. धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टि प्लस टुमा हुने तथा नेप्सेको टेड्रिङ म्यानेजमेण्ट सिस्टम (टिएमएस)लाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने।

    ३.  बोर्ड आइओएससिओको एशोसियट सदस्य भएकोमा उक्त संस्थासँग एमएमओयु एण्ड एल साधारण सदस्यता प्राप्त गर्ने कार्य अगाडि बढाउने।

    ४.  धितोपत्र बजार तथा वस्तु विनिमय बजारको चरणबद्ध विकासका लागि बोर्डको चार वर्षीय रणनीतिक योजना(आ.व. २०७७।७८–२०८०।८१) तयार गरी लागू गर्ने।

    ५.  वस्तु विनिमय बजार सम्बन्धमा ऐन तथा नियमावलीको व्यवस्था बमोजिम वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र प्रदान गर्ने। साथै बोर्डमा प्राप्त हुने कन्ट्रयाक स्पेसिफिकेशनको अध्ययन गरी कारोबारका लागि दर्ता गर्ने।

    ६. धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरण गर्ने।

    ७.  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँगको सहकार्यमा सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायीहरुले बोर्ड तथा नेप्सेमा पेश गर्नुपर्ने विवरणहरुको ढाँचा विकास गर्ने।

    ८.  नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याएर संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोवार प्रणालीलाई सुदृढ गर्ने । केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने।

    ९.  सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण हुने व्यवस्था मिलाई सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोवारलाई सक्रिय बनाउने।

    १०. धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश गराई कारोवारको आकार बढाउन तथा दोस्रो बजार मूल्यमा स्थिरता ल्याउन धितोपत्र व्यापारी स्टक डिलरलाई अनुमति दिने।

    ११. प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरु संचालन गर्न अनुमति प्रदान गर्ने। 

    १२. धितोपत्र बजारमा हुने ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनका लागि सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससी) मार्फत् एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापन केन्द्रिकिृत केवाइसीको व्यवस्था मिलाउने।

    १३. साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई स्थान तथा अन्य कम्पनीको कारोबारका लागि मुख्य बोर्डको व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने।

    १४. धितोपत्र बजारमा नेपाल फाइनान्सियल रिर्पोटिङ्ग मापदण्ड एनएफआरएस कार्यान्वयन गर्न आवश्यक व्यवस्था गर्ने।

    १५. धितोपत्र बजार तथा वस्तु विनिमय बजार र नियमन सम्बन्धी अध्ययन अनुसन्धान कार्यलाई प्रोत्साहन गर्न। सुसूचित लगानीका लागि सहज वातावरण तयार गर्न धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी सम्पूर्ण विवरण तथा तथ्याङ्कहरुको केन्द्रीकृत व्यवस्थापनका लागि केन्द्रीय तथ्याङ्क भण्डारण सम्बन्धी सफ्टवेयर विकास गरी तथ्याङ्कहरुको नियमित प्रशोधन तथा अभिलेख राख्ने व्यवस्था गर्ने।

    १६. अर्थतन्त्रसँग सम्बन्धित नीति निर्माण अनुसन्धान गर्ने आर्थिक विकास तथा प्रशासन केन्द्र सिईडिए जस्ता अध्ययन अनुसन्धान गर्ने संस्था तथा विश्वविद्यालयसंग सम्बन्ध विकास गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन तथा सुधार सम्बन्धमा नीतिगत अध्ययन अनुसन्धान गर्ने गराउने व्यवस्था मिलाउने।

    १७.  बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरु खरिद तथा विकास गर्ने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ