शुक्रबार, जेठ ४ गते २०८१

मनछुने कथा : पापी लोग्ने

मनछुने कथा : पापी लोग्ने

अखबार दैनिक
सोमबार, असार २९ २०७७
  • मनछुने कथा : पापी लोग्ने


    भाग: एक

    images


    हेर्दा हेर्दै साककझ परिसकेको छ । विजुलीका वत्तिहरु धिपिधिपि वलिरहेकाछन् ।
    सुनसान सडक छ ।
    म भित्र धेरै आवाजहरु तरंगित छन् । मनमा तरंगित ध्वनीका तारहरु तन्किएर चुड्ने खतरामा छन् । मेरो प्यासिला नयनहरु याद पिई आँशु ओकल्ने तयारीमा छन् । पिडा पिएर मातिएका आँखाहरु लाल लाल छन् जसरी मदिरा पिएर आँखा लाल हुन्छ फरक यत्ति हो कि कसैलाई मदिरा लाग्छ त कसैलाई आँशु लाग्छ ।
    म यो कथालाई अरु कथा जस्तो एकादेशवाट सुरु गर्न चाहँदिन किनकी अरुभन्दा अलगै छ मेरो कथा, छुट्टै छ मेरो जिन्दगी.. हुन त महिलाको जिन्दगी नै यस्तो पिडावाट गुज्रेको हुन्छ, म यतिखेर बताउन सक्दिन जतिखेर सवैकथा पढेर सक्नुहुन्छ त्यतिखेर आफैँले थाहा पाउनुहुनेछ ।
    हेर्नुस् त फेरीपनी मेरो जिन्दगी चलिरहेको छ । म आज त्यही लेख्दैछु जुन समाजमा मेरै आँखाले देखेको छु र मैले स्वतः मनले जस्तो वुझ्न सक्छु । हुनत अरुले देखेको मेरो जिन्दगी र मैले भोगेको भोगाईमा धेरै अन्तर छ ।
    एउटी श्रीमती आफ्नै श्रीमानको लाश लिएर मलामी जाँदा उनले छोराहरुलाई हेरेर चित्त वुझाएकी हुन्छिन कि छोराहरु हो म पनि त टुहुरो भएको छु ।
    नरोउ म तिम्री आमा हुँ । वास्तविक जिवन कसैको विश्वासमा अडिएको हुन्छ जव त्यही विश्वासलेनै पिडा दिन थाल्दछ, तव विश्वासनै विष हुदै जादो रहेछ ।
    वन्दिपुर नवलपुरको सानो गाउँ देवचुली नगरपालिकाको सानो वस्ती.. त्यसै वस्तीमा हुर्किएकी म अनामिका ।
    थर कतै जोड्न चाहँदिन किनकी जुन थरमा हुर्के त्यो थरमा रहन भाग्यले दिएन अनि जुन थरमा वस्नुपर्ने हो त्यो थरमा कुनै अस्तित्व भएन ।
    म अस्तित्व विहिन वादलभित्र हराएको काग जस्तो छु । धोद्रो आवाजमात्र खुल्ला संसारमा देखिएको छ । परारसाल पनि कहिल्यै छुट्दैन भनेको मेरो मायाँ फाट्यो त्यसैले लुकाउनुपर्ने दुखाईलाई भित्र कोचेर आफै सिलाएको थिएँ ।
    मेरो कथा अव सुरु हुँन्छ । अलि अलि याद छ मलाई सायद मेरो वाल्यकाल निकै सुन्दर थियो । साथमा जस्को वुवा–आमा हुनुहुन्छ उसको जिन्दगी निकै सुन्दर हुन्छ अनि संसारकै धनि पनि । त्यसैले म धनि मध्येको एक थिँए । मेरो संसारमा सवै चिज थियो जव कि साथमा वुवा आमा हुनुहुन्थ्यो ।
    वर्षले सात वर्षकी रहँदै खेरी घरमा एउटा दुखदायि दिनआयो । मृतुँगखोलाको सिरानको टाकुरामा मेरो सानो घर थियो । पहाडी वस्ती हराभरा जंगल अनि पाखोवारी..
    पश्चिम उत्तरमा देखिएको देवचुली मनोरम दृश्य मेरो आँगनीवाट देख्न सक्थेँ अझै याद छ मलाई । सायद यस्तै २०५४ सालको नाग पन्चमीको दिन थियो त्यो रात मुसलधारे पानी पर्यो । यसैपनी पुरानो घर, फेरीपनी अधिक वर्षाले घर चुहिरहेको थियो । वुवाले लाईट वाली पसलवाट ल्याएको पलास्टिक खोजेर मलाई र मामुलाई टाउकोमा राखिदिनुभयो ताकी शरिर भिजेपनी टाउको नरुझोस् । टाउको रुझ्यो भने ज्वरो आउँछ यस्तै वुवा ममी कुरा गरेको सुनेको थिँए । त्यसैले होला कम्मल ओढ्ने ठाउँमा पलास्टिक हामी ओढिरहेका थियौ.. अचानक मुसलधारे पानी झनै तिव्र भएर आयो ।
    दिनभरीको खेत गोडाईले थकित शरिर, पुरै भिजेपनी ममी निदाउनु भएको थियो ।
    वुवा वाहिर पिँढीवाट पानीका थोपाहरु नियाल्दै हुनुहुन्थ्यो ।
    आकाश फेरी एकैछिन उज्यालो दिँदै नराम्ररी गड्याड़ गर्यो ।
    सायद जिन्दगी त्यती छोटो हुनुपर्छ जति खेर एकैछिन गड्याड़ गर्दा उज्यालो छरिएको हुन्छ । त्यही सानो किरणले प्रस्ट देखाईदियो कि वरचुली संग जोडिएको पहरावाट एक्कासी माटो भस्किन सुरुभयो ।
    लौ है पहिरो आउँदैछ गाउँका मगर मुखिया कराएको कता कता सुनिन्थ्यो ।
    मगर मुखिया घर नजिकैका छिमेकी उनको आवाज सुनेपछी वुवाले आमा र मलाई उठाउन आउनु भयो । ठुला ठुला चट्टान संग माटोको लेदो मिसिएर आईरहेको एउटा भयानक दृश्य ... यस्तै कथा वुवाले मलाई भुलाउन सुनाउने गर्नुहुन्थ्यो । मेरो वुवाको दन्त्य कथामा पनि आउँथ्यो । त्यतिखेर डरलाग्दा राक्षस, आँधि र तुफान सुनेको थिए पानी र चट्टान थिएन ।
    सायद त्यो दन्त्य कथामा पानी र चट्टान भन्ने वुवाको अर्को कथा थियो कि वा वुवाले भन्न विर्सनुभयो, कि अथवा वुवाले जानिजानी वोल्न चाहनु भएन त्यही अपुरो कथा । म आज पुरा गर्दैछु । अपुरो कथा
    जिन्दगीको लामो यात्रा र छोटो सास थियो । म सुनाउँदैछु जुन मानस्पटलका नशा नशामा छापिएको छ । सेन्डेलाको तस्विर जस्तै आककखामा झुन्डिएको छ ।
    आँखाले परेली निभाएर रोक्दापनी यो झन्झन् भयाभित् झुन्डिरहेको छ । जिन्दगीमा अनामिका तककलाई दुखपरेपनी नरोयस् भन्ने धेरै थिए तर म छु नि भन्ने कोही थिएन त्यसैले मानिस अनुसारको व्यवहार व्रेनले प्रिन्ट आउट गरेपछी मनले रंगाउने गर्छु ,फेरी पनि धोखामै जिवन वितिरहेछ ।
    भरोसा छैन र मेरो ? यही भनेर कतिले मलाई धोका दिए फेरीपनी म चिन्न सक्दिन....
    हेर्दा हेर्दा नजिकै ठुलो चट्टान वजारियो ...चट्टाको आवाज र थर्काएमानले सानो गाईको गोठ ढल्यो हेर्दा हेर्दै गाई संगैको सानो वाच्छीपनी अलग अलग गरेर वगिरहेको थियो । यस्तो लाग्थ्यो कि यि गाईका आमा छोरी अव कहिल्यै मिल्ने छैनन् । उनीहरुको मायाँमा प्रकृतीले धोका दिएको छ । यसैविच कहालिँदै वुवाले आमालाई हात र मलाई काँधमा राखेर पानी छिचल्दै हुनुहुन्थ्यो । ति दिन सम्झेर म अझै स्तव्ध छु, वोल्न सक्दिन । धेरै केही सुनसान छ म भित्र तिमी यही सम्झ कव्रस्थान हुँ म । जहाँ यादका विभिन्न अस्तुहरु जति जलाएपनी भग्नावेषमै रहन्छन् । यादहरु जल्न मान्दैनन् वरु उल्टै जलाई दिन्छन् । त्यसैले म जलिरहन्छु यिनै यादहरुसंग...खेलिरहन्छु आफ्नै मनसंग..वाँचिरहन्छु आफ्नै पिडाहरुसंग..।
    पानी छिचल्ने क्रममा वुवाले चिप्लो ढुँगामा टेक्दा अचानक पछारिनुभयो वुवासंग आमा र म पनि पछारियौ । अव हामी त्यही वगिरहेको गाई र वाछि जस्तै भैरहेका थियौ ।
    आतिँदै, डराउँदै रुँदै र पानी पिउँदै वगिरहेका थियौ ।
    वुवा र आमा एकतिर वगिरहेका थिए भने म वाछि जस्तै अर्को तर्फ पानीको छालसंग उडिरहेको थिए ।
    मरीहोला यहि सोच्नुभयो होला तर मरेकी भए यो अपुरो कथा पुरा हुने थिएन ।
    फेरीपनी मरे वरावरकी भएको छु वेला वेलामा सास रोकिन पुग्छ म अतालिन पुग्छु ।
    करिव पाँच सय मिटर वगेपछी सायद त्यो सुनामी छाल म देखी तृप्त भयो होला आफ्नो स्वार्थ पुरा गरेपछी त्यो पानीको छालले मलाई पाखा लगाईदियो । संसार निस्पष्ट अधेरोले धेरिएको छ ।म पानीको रुझाई र चट्टानको पिटाईले एउटा किनारमा आएर पल्टिरहेको छु ।

    क्रमश:~अर्को भागमा
     
    FB_IMG_15945460378280318.jpg

    लेखक: दियु पौडेल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ