बिहीबार , असोज ३ गते २०८१

चितवनको भरतपुरस्थित प्रयोगशालामा ३४ जनामा कोरोना पुष्टि

चितवनको भरतपुरस्थित प्रयोगशालामा ३४ जनामा कोरोना पुष्टि

अखबार दैनिक
शुक्रबार, असार १२ २०७७
  • चितवनको भरतपुरस्थित प्रयोगशालामा ३४ जनामा कोरोना पुष्टि

    १२ असार, चितवन । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी कैलालीको गोदावरी–७ का ५० वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएका थिए ।

    यसैगरी चितवनको माडी नगरपालिकामा १७ देखि ६३ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

    चितवनकै भरतपुर महानगरपालिका १६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    चितवनकै रत्ननगर नगरपालिका–४ की २७ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

    पछिल्लोपटक परीक्षण गरिएका २१४ वटा नमुनामध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ र १८० जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ