बिहीबार , असोज ३ गते २०८१

कोरोनाले मृत्युदर बढ्दै पाटन अस्पतालमा आज एकको मृत्यु

कोरोनाले मृत्युदर बढ्दै पाटन अस्पतालमा आज एकको मृत्यु

अखबार दैनिक
बिहीबार , असार ११ २०७७
  • कोरोनाले मृत्युदर बढ्दै पाटन अस्पतालमा आज एकको मृत्यु

    ११ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

    images

    पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरे ।

    चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

    यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

    यसैगरी पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

    शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो ।

    झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ