बिहीबार , असोज ३ गते २०८१

गण्डकी प्रदेशको कास्कीमा एक जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशको कास्कीमा एक जना कोरोना संक्रमितको मृत्यु

अखबार दैनिक
बिहीबार , असार ११ २०७७
  • गण्डकी प्रदेशको कास्कीमा एक जना कोरोना संक्रमितको मृत्यु

    ११ असार, कठमाण्डौं । गण्डकी प्रदेशको कास्कीमा एक-एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    images

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११:३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।

    उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । डा. आचार्यका अनुसार उनी डायबिटिजबाटसमेत पीडित थिए ।

    पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि पनि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ