काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ५३.०४ अंकले घटेर २६१६.२६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ४ अर्ब ५६ करोडको कारोबार भएको बजारमा आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको छ । आइतबार १३ कम्पनीको सेयर मुल्य बढेको छ भने २३० कम्पनीको सेयर मुल्य घटेको छ ।