आइतबार, चैत ३ गते २०८१

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

अखबार दैनिक
आइतबार, चैत ३ २०८१
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

    images

    गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले घटेर रु एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी रु दुई हजार ५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस रु दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ