काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । शुक्रबार विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार बाँडफाँट भएको हो । एफपीओमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको थियो । यसमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका थिए । जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ ।
कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गरिएको थियो । कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।
उक्त एफपीओको नजिता लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट हेर्न सक्नेछन् । यसका साथै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।