काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।