३ असार, काठमाडौं । बुधबार नेपालमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च केरोना संक्रमण भेटिएको छ ।
आज ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमित थपिएको जानकारी दिए ।