सोमबार, भदौ ३१ गते २०८१

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या नयाँ १७ सहित ३४४ पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या नयाँ १७ सहित ३४४ पुग्यो

अखबार दैनिक
बुधबार, असार ३ २०७७
  • सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या नयाँ १७ सहित   ३४४ पुग्यो

    ३ असार, काठमाण्डौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३४४ पुगेको छ । मंगलबार  साँझसम्म ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा २९७ पुरुष र ४७ महिला छन् । मंगलबारमात्रै  सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हो ।

    images

    हालसम्म ७४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

    मन्त्रालयका अनुसार संक्रमितमध्ये कैलालीका १०८, कञ्चनपुरका ७२, अछामका, १९, डडेल्धुराका ३९, दार्चुलाका १२ जना छन् ।  बझाङका १४, बैतडीका २७, डोटीका ३३ र बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आरडीटी र पीसीआर विधिबाट हालसम्म ८३ हजार ६६० जनाको परीक्षण गरिएको छ भने ११ हजार ६६२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ