काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी ३ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।