काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटे संगै कारोबार रकम पनि घटेको छ । बुधबार १० अर्ब ९७ करोडको कारोबार भएको बजारमा बिहिबार १० अर्ब १० करोड १८ लाख रूपैयाँको कारोबार भएको छ ।
त्यसैगरी बिहिबार ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १३२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।