सोमबार, भदौ ३१ गते २०८१

सुदूरपश्चिममा एकै दिन थपिए ६६ जना संक्रमित संक्रमितको संख्या ३२७ पुग्यो

सुदूरपश्चिममा एकै दिन थपिए ६६ जना संक्रमित संक्रमितको संख्या ३२७ पुग्यो

अखबार दैनिक
मंगलबार, असार २ २०७७
  • सुदूरपश्चिममा एकै दिन थपिए ६६ जना संक्रमित संक्रमितको संख्या ३२७ पुग्यो

    २ असार, काठमाडौं । सुदूरपश्चिम थप ६६ जना सहित प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर ३२७ पुगेको छ । 

    images

    सोमबार साँझसम्म २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा २८३ पुरुष र ४४ महिला छन् । सोमबारमात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो ।

    हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणले दुईजनाको ज्यान गइसकेको छ । ५२ जनाले कोरोना जितेर घर फर्किएका छन् । 

    मन्त्रालयका अनुसार संक्रमितमध्ये कैलालीका ९८, कञ्चनपुरका ६५, अछामका, १९, डडेल्धुराका ३९, दार्चुलाका १२ जना छन् ।  बझाङका १४, बैतडीका २७, डोटीका ३३ र बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आरडीटी र पीसीआर विधिबाट हालसम्म ८० हजार ३५९ जनाको परीक्षण गरिएको छ भने ११ हजार २९० जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ