शनिबार, चैत २ गते २०८१

कोदो किन्दा बाहिरियो ५२ करोड

कोदो किन्दा बाहिरियो ५२ करोड

अखबार दैनिक
मंगलबार, फागुन १३ २०८१
  • कोदो किन्दा बाहिरियो ५२ करोड

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ५२ करोड ३ लाख रुपैयाँको कोदो आयात भएको छ । भन्सार विभागका अनुसार १ करोड ३ लाख किलो कोदो आयात हुँदा सरकारले ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिमा ५२ करोड ७५ लाख रुपैयाँको कोदो आयात भएको थियो । सो अवधिमा सरकारले ४ करोड रुपैयाँ राजस्व उठाएको थियो ।

    images

    गत वर्षको तुलनामा यो वर्ष कोदोको आयात भने घटेको छ । गत वर्षको तुलनामा ७२ लाख रुपैयाँले घटेको हो । विभागका अनुसार गत वर्षको तुलनामा कोदोको आयात १.३८ प्रतिशतले घटेको छ ।
    नेपालमा विशेषगरी भारत र चीनबाट कोदो आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष सबैभन्दा धेरै भारतबाट ५२ करोड २ लाख रुपैयाँको आयात भएको छ ।

    ९ करोडको फापर आयात
    चालु आवको माघ महिनासम्म ९ करोड ४२ लाख रुपैयाँको फापर आयात भएको छ । १२ लाख किलो फापर आयात हुँदा १ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

    गत वर्षको सोही अवधिमा २ करोड २० लाख रुपैयाँ बराबरको फापर आयात भएको विभागले जनाएको छ । ३ लाख २९ हजार किलो फापर आयात हुँदा सरकारले २१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा फापरको आयात बढेको छ । गत वर्षको तुलनामा ७ करोड २२ लाख रुपैयाँको फापर आयात भएको छ । ७.६६ प्रतिशतले आयात बढेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ