बुधबार, फागुन २८ गते २०८१

साढे ४ महिनामा पनि मर्मत भएन नख्खुडोल पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय (तस्वीरहरू)

साढे ४ महिनामा पनि मर्मत भएन नख्खुडोल पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय (तस्वीरहरू)

अखबार दैनिक
बिहीबार , फागुन १ २०८१
  • साढे ४ महिनामा पनि मर्मत भएन नख्खुडोल पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय (तस्वीरहरू)

    बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।
     
    बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ । ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको बताउँछन् ।

    images

    nakhudol_lalitpur-4-(1)_pdMGEi2Qz0.jpg
     
    साँघुरो पुलमा अहिले प्रायःजसो दुईपाङ्ग्रे सवारी साधानको जाम हुने गरेको छ । नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्यधिक जाम हुँदा समस्या भइरहेको बताए । उनले भने, 'बाढीले क्षति गरेको चार महिना बित्न आँटिसक्यो, अहिलेसम्म जीर्ण अवस्थामा रहेको नख्खुडोल पुल अझै मर्मत भएको छैन । यसले गर्दा आवातजावत गर्न निकै असहज भएको छ ।'

    041741297Nakhudol-Lalitpur (11).jpg041737424Nakhudol-Lalitpur (10).jpg041734803Nakhudol-Lalitpur (9).jpg041731480Nakhudol-Lalitpur (8).jpg041727736Nakhudol-Lalitpur (7).jpg041724224Nakhudol-Lalitpur (6).jpg041720644Nakhudol-Lalitpur (5).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ