बिहीबार , असोज ३ गते २०८१

दिन प्रतिदिन जनताको निराससंगै जनता अघि अघि सरकार पछि पछि

दिन प्रतिदिन जनताको निराससंगै जनता अघि अघि सरकार पछि पछि

अखबार दैनिक
बुधबार, जेठ २८ २०७७
  • दिन प्रतिदिन जनताको निराससंगै जनता अघि अघि सरकार पछि पछि

    २८ जेठ, काठमाडौं ।कोभिड-१९ को समस्याले देश लकडाउनमा गएसंगै पछिल्लो पटक जनता आक्रोसित बन्दै गैरहेका बेला जनता अघि अघि सरकार पछि पछि हुन थालेको छ ।

    images

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

    यध्धपि सरकार पछि परेको आम नागरिकले महसुस गरिराखेका छन उपत्यकाका अधिकांश पसल लगाएतका ब्यबसायहरू खुलिरहेका छन भने प्रहरिले धरपकड गर्न पनि छोडेको छैन। सरकार मौन प्राय देखिने जनताहरू लकडाउन उलङघन गर्ने गरेको प्रशस्तै घटनाहरू बनिसकेका छन अब भने सरकारले लकडाउनको मोडालिटीमा हेरफेर गर्ने तयारि सहित आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ निर्णय लिने  जनाएको छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुने छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

    यसअघि काेभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए ।

    अन्तिममा दुवै प्रस्तावलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ । एक चरण दुई हप्ताको हुनेछ ।

    ढिलै भए पनि सरकारले जनजीविकाको पक्षमा सहज हुने निर्णय लियोस भन्नेमा आम नागरिक आसावादि छन ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ