आइतबार, मंसिर ९ गते २०८१

आज बस्ने संसदमा संविधान संसोधन प्रस्ताब हुने

आज बस्ने संसदमा संविधान संसोधन प्रस्ताब हुने

अखबार दैनिक
मंगलबार, जेठ २७ २०७७
  • आज बस्ने संसदमा संविधान संसोधन प्रस्ताब हुने

    २७ जेठ, काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक  आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रस्ताव पेश गर्नेुहुनेछ  

    images

    संसद सचिवलयले मंगलबार विहान ११ बजेबाट शुरू हुने बैठकको सम्भावित कार्यसूचीमा सो प्रस्ताव समावेश गरेको छ । 

    सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । सोही नक्सा निशान छापमा समावेश गर्न जेठ ९ गते संशोधन प्रस्ताव संसद सचिवलयमा दर्ता गरेको थियो ।

    जेठ १९ गते कानुनमन्त्री तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेकी थिइन् । सोही दिन संघीय संसद सचिवालयले राजपत्र र जेठ २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक प्रकाशन गरिएको थियो । सर्वसाधारणको जानकारीका लागि प्रकाशन भएको सात दिन सोमबार पूरा भएपछि संशोधन विधेयक अघि बढाउन लागिएको हो । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयकको पक्षमा उभिने निर्णय केन्द्रीय समिति बैठकबाटै गरिसकेको छ । 

    मंगलबार संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइने संसद सचिवालयले जानकारी दिएको छ । विधेयक पारित हुन तत्कल उपस्थित संसद संख्याको दुईतिहाई आवश्यक पर्ने संवैधानिक प्रावधान छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ