बिहीबार , असोज ३ गते २०८१

१० अर्व रूपयाको हिसाब माग्यो कांग्रेसले , सरकार कोरोना नियन्त्रण गर्न असफल भएको : कांग्रेसको निष्कर्ष

१० अर्व रूपयाको हिसाब माग्यो कांग्रेसले , सरकार कोरोना नियन्त्रण गर्न असफल भएको : कांग्रेसको निष्कर्ष

अखबार दैनिक
मंगलबार, जेठ २७ २०७७
  • १० अर्व रूपयाको हिसाब माग्यो कांग्रेसले , सरकार कोरोना नियन्त्रण गर्न असफल भएको : कांग्रेसको निष्कर्ष

    २७ जेठ, काठमाडौं । सोमवार नेपाली कांग्प्ररेसको बैठकियाँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनेको १० अर्ब रुपैयाँको पारदर्शितामा प्रश्न उठाएको छ । केन्द्रीय समितिको सोमबार बसेको आकस्मिक बैठकमार्फत कांग्रेसले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको हो ।

    images

    बैठकमार्फत कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्षसमेत निकालेको छ । बैठकपछि केन्द्रीय सदस्य रमेश लेखकले कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको बैठकको निष्कर्ष रहेको जानकारी दिए ।

    स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, आपूर्तिमा अन्योल र कमी, व्यवस्थित क्वारेन्टिनको अभाव, परीक्षण कीटको अभाव र न्यूनतम दायरालगायतले कोरोना नियन्त्रणमा सरकार असफल भएको प्रस्ट छ,’ लेखकले भने ।

    यसैगरी, संक्रमण बढ्दै जाँदा सरकारले त्यसको रोकथामका लागि उपयुक्त कदम चाल्न नसकेको र परीक्षणसमेत प्रभावकारी रूपमा व्यापक बनाउन नसकेको कांग्रेसले सरकारलाई आरोप लगाएको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनलाई मात्र विकल्प देखेको कांग्रेसले भनेको छ ।

    कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्नसमेत सरकारसँग कंग्रेसले माग गरेको छ । यस्तै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मीलगायत अग्रपंक्तिमा रहेर काम गर्नेहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले बैठकमार्फत ध्यानाकर्षण गराएको छ ।

    यसैगरी, संक्रमण बढ्दै जाँदा सरकारले त्यसको रोकथामका लागि उपयुक्त कदम चाल्न नसकेको र परीक्षणसमेत प्रभावकारी रूपमा व्यापक बनाउन नसकेको कांग्रेसले सरकारलाई आरोप लगाएको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनलाई मात्र विकल्प देखेको कांग्रेसले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ