२१ जेठ, काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।
आन्तरिक राजस्व बिभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना हुनथालेपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।
यतिखेर अधिकांशको ब्यबसायीको माँग कर तिर्ने समयलाई असार मसान्त सम्म गरिनु पर्ने थियो ।