बिहीबार , पुस ४ गते २०८१

हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , पुस ४ २०८१
  • हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

    एजेन्सी । भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा पश्चिमी हनोईमा कालो रङ्गको एक अग्लो भवनमा आगलागीबाट क्षति पुगेको देख्न सकिन्छ ।

    images

    स्थानीय समयअनुसार बुधबार राति ११:०० बजे आगलागी भएको र त्यहाँ धेरै मानिस फसेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र सात जनालाई जीवितै उद्धार गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ । घटनामा ११ जना मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

    हनोई प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आगलागीमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट उक्त क्याफे जानाजानी जलाइएको थियो ।’ सरकारी सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरी बताएअनुसार आगो यति ठूलो थियो कि कसैले पनि भित्र फसेकाहरूलाई बचाउने आँट गरेनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार