बुधबार, पुस ३ गते २०८१

भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, २०० घाइते

भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, २०० घाइते

अखबार दैनिक
बुधबार, पुस ३ २०८१
  • भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, २०० घाइते

    काठमाडौं । भानुआटुमा मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । उद्धार कार्य जारी छ ।७.३ म्याग्निच्युडको उक्त भूकम्पमा परी २०० जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

    images


    शक्तिशाली भूकम्पको धक्काले भवनहरू ध्वस्त भएका छन् । सात दिनका निम्ति ‘आपत्कालीन अवस्था’ लागु गरिएको भानुआटु प्रहरीले जनाएको छ । मानिसको आवतजावतलाई सीमित गर्न यस्तो गरिएको हो ।

    भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ