काठमाडौं । लोकप्रिय गायक यश कुमारको आवाजमा ‘ज्यानमाया’ बोलको गीत सार्वजनिक भएको छ। यश टु म्यजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा यश कुमारलाई स्मिता बोहोराले आवाजमा साथ दिएकी छन्।
गीतमा शब्द र संगीत पनि यश कुमारको नै रहेको छ। साजन स्टुडियोमा रेकर्ड भएको गीतमा मिक्सिङ - मास्टरिङ साजन। शाहले गरेका हुन्। गीतलाई विवेक रनपालले रेकर्ड गरेका हुन्। गीतको भिडियोमा पनि यशकुमार र स्मितालाई नै देख्न सकिन्छ।