मंगलबार, जेठ ८ गते २०८१

२५ जनामा थप कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो ४२७

२५ जनामा थप कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो ४२७

अखबार दैनिक
बुधबार, जेठ ७ २०७७
  • २५ जनामा थप कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो ४२७

    ७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।

    १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

    नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका-५ को बेलवानी क्वारेन्टाइनमा छन् ।

    यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टिभएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार