बिहीबार , मंसिर १३ गते २०८१

बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ

बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ

अखबार दैनिक
बिहीबार , मंसिर १३ २०८१
  • बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ

    अमेरिकामा माइकल सुलिभान नाम गरेका एक जना पुरुषले म्यासाचुसेट्सको एक जेलमा २७ वर्षभन्दा बढी समय बिताए । आफूले गर्दै नगरेको हत्याका लागि उनी त्यतिका वर्ष जेलमा बस्नु पर्यो । हत्या मामिलामा नयाँ ट्रायल शुरु भएपछि नयाँ डीएनए प्रविधिले उनी निर्दोष साबित भए । त्यसपछि सन् २०१३ मा उनी रिहा भए ।

    images

    म्यासाचुसेट्समा गर्दै गरेको अपराधका लागि जेल सजाय भएमा १० लाख डलर भन्दा बढी क्षतिपूर्ति दिन नपाइने व्यवस्था छ । तर यो महिनाको सुरुमा सुलिाभालाई १३ करोड अमेरिकी डलर क्षतिपूर्ति दिइएको छ ।

    यो भनेको नेपाली रुपैयाामा १७ करोड ६० लाख भन्दा धेरै हो । जेलमा रहँदा सुलिभानले आफ्नी आमा र चार जना दाजुभाइ दिदीबिहनी गुमाएका थिए । यो पैसाले जेलमा आफूले गुमाएको वर्षहरूको भर्पाई नगर्ने उनको भनाइ छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार