बिहीबार , असोज ३ गते २०८१

नेपालि भुमि फिर्ता लेराउँछौ नयाँ नक्सा तमसालाई होईन : प्रधानमन्त्री

नेपालि भुमि फिर्ता लेराउँछौ नयाँ नक्सा तमसालाई होईन : प्रधानमन्त्री

अखबार दैनिक
मंगलबार, जेठ ६ २०७७
  • नेपालि भुमि फिर्ता लेराउँछौ नयाँ नक्सा तमसालाई होईन : प्रधानमन्त्री

    जेठ,५, ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय तमासाका लागि नगरेको बताएका छन् । यो नेपालको भूभाग भएको र यसलाई फिर्ता ल्याइछाड्ने उनले बताए ।

    images

    सरकारले नीति तथा कार्यक्रममा नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता जनाएको थियो । त्यसअनुसार सोमबार मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पारित समेत गरेको छ

    सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए । ‘यसको निष्कर्ष निकालिन्छ । हाम्रो भूगाग फिर्ता लिइछोड्छौं’ उनले भने ।

    विवादास्पद भनिए पनि यो नेपाली भूभाग भएको र त्यहाँ नेपालले अर्घेल्याई पनि नगरेको उनले बताए ।

    प्रधानमन्त्री ओलीले कूटनीतिक सम्वादमार्फत नेपाली भूमि फिर्ता लिने अठोटका साथ नै सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय लिएको बताए । उनले अघि भने, ‘यो कुनै चलाखीको हिसाव वा तथाकथित राष्ट्रवाद देखाउन गरिएको होइन । कुनै तमासा गरिएको होइन, यथार्थमा फिर्ता लिन गरिएको हो । हाम्रो भूभाग हो । हामी फिर्ता लिन्छौं ।’

    नयाँ नक्सा जारी गर्ने निर्णयसँगै संविधानको अनुसूची ३ (प्रतिक चिह्न) संशोधन गर्नुपर्ने उनले बताए । त्यसका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने उनले बताए ।

    ‘अरु विषय हुनसक्छ । त्यसबारे भोलि फेरि छलफल गर्न सक्छौं । तर सबैभन्दा बढी तत्कालीन महत्वको विषय वार्ता, नक्सा र भूमिफिर्तासँग सम्बन्धित छ । मैले विश्वास लिएको छु, त्यो (संविधान संशोधन प्रस्ताव) पारित हुन्छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ