काठमाडौं । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् ।
पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ । ४४ जना घाइते भएका छन् । आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका उपत्यकाका गाउँहरूमा रिपोर्ट गरिएको थियो ।
यस्तै,, दक्षिणी लेबनानमा १० जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । तीमध्ये धेरैजसो नाबातीह गभर्नरेटका सहर र गाउँहरूका घटना हुन् । न्युज एजेन्सी नेपाल