प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे नेपालका पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल गरिरहेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग सिंहदरबारमा छलफल गरिरहेका छन् । त्यस्तै पूर्वपरराष्ट्रमन्त्रीहरू एनपी साउद, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, नारायणकाजी श्रेष्ठ, प्रकाशचन्द्र लोहनीलगायतसँग पनि प्रधानमन्त्रीले छलफल गरिरहेका छन् ।