बुधबार, मंसिर ५ गते २०८१

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राख्‍ने अनुमति

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राख्‍ने अनुमति

अखबार दैनिक
बुधबार, मंसिर ५ २०८१
  • दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राख्‍ने अनुमति

    काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्‍याइएका उनलाई न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। 

    images

    हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोले हिजो नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो। 

    उनलाई हिजो नै अदालत लग्ने तयारी गरिए पनि अबेर भएको र कागजातहरू मिलाउनुपर्ने भएकाले आज मात्रै उपस्थित गराइएको हो।  सोमबार प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र किर्ते गरिएका कागज सार्वजनिक गरेका थिए। 

    प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि किर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ