बिहीबार , कात्तिक १५ गते २०८२

सभामुख घिमिरे कम्बोडिया जाँदै

सभामुख घिमिरे कम्बोडिया जाँदै

अखबार दैनिक
बुधबार, मंसिर ५ २०८१
  • सभामुख घिमिरे कम्बोडिया जाँदै

    सभामुख देवराज घिमिरे मंसिर ७ गते कम्बोडिया जाने भएका छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलनमा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन्।

    कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख घिमिरे ७ गते गएर ११ गते फर्कने कार्यक्रम रहेको बताए।

    ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार