बिहीबार , असोज ३ गते २०८१

प्रेस युनियन सुनसरीले १५० पत्रकारलाई एक लाखको कोरोना बिमा गरिदिने

प्रेस युनियन सुनसरीले १५० पत्रकारलाई एक लाखको कोरोना बिमा गरिदिने

अखबार दैनिक
आइतबार, जेठ ४ २०७७
  • प्रेस युनियन सुनसरीले  १५० पत्रकारलाई एक लाखको कोरोना बिमा गरिदिने

    ईटहरि जेठ -४ - प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय १ सय ५० जना पत्रकारहरुको निःशुल्क कोरोना वीमा गर्ने भएको छ । कोरोना भाइरसको महामारीका बेला समाचार संकलनमा खटिने जिल्लाका १५० जना पत्रकारको निःशुल्क वीमा गर्ने भएको हो ।

    images

    अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच पत्रकारलाई कोरोना भाइरसको लक्षण देखिएमा १ लाख रुपैयाँ दिनेगरी बिमा सम्झौता भएको हो ।

    इन्सुरेन्सको क्षेत्रिय कार्यालय बिराटनगरमा प्रेस युनियनका अध्यक्ष पवन अधिकारी र रञ्जितकार बिच पत्रकारको बिमा गर्ने लिखित सहमति भएको हो ।

    भारत संग सिमाना जोडिएको ठाउहरुमा संबेदनशिल भएर रिपोर्टिगं गर्नुपर्ने भएकाले बिमा आवश्यक भएको अधिकारीको भनाइ छ । हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना बिमा कार्याक्रम प्रेस युनियनक सुनसरी संगको सहकार्यमा गरेको जानकारी गराए ।

    कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का महासचिब बिबेक गौतमलेले युनियन सुनसरीले गर्ने लागेको बिमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा लिने दाबि गरे । युनियन सुनसरी पत्रकारहरुको पेशागत हकहित एवम सुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योाजनालाइ लिन सकिने महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ