मंगलबार, मंसिर ४ गते २०८१

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

अखबार दैनिक
मंगलबार, मंसिर ४ २०८१
  • जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेस प्रदेश खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रूपमा जनकपुरमा सोमबार साँझ जर्सी अनावरण  गरेका हुन् ।

    images

    जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेस प्रदेशको माटोले अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्ट्सले सफलता पाउने बताए ।

    janakpur-bolts_2_eJx10oKcrm.jpg

    जनकपुर बोल्ट्सका जीएम निरोज खतिवडाले जर्सी मधेसको आठ वटै जिल्लाको भावना र उमंग रहेको बताए । जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्टस्ले यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ । जनकपुरमा सोमबार साँझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार