शुक्रबार, कात्तिक २ गते २०८१

एमालेलाई  संविधान मन परेको छैन  : प्रचण्ड

एमालेलाई  संविधान मन परेको छैन  : प्रचण्ड

अखबार दैनिक
बुधबार, असोज २३ २०८१
  • एमालेलाई  संविधान मन परेको छैन  : प्रचण्ड

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले नेपालको वर्तमान संविधान मन नपराएको गम्भीर आरोप लगाएका छन् ।

    images

    बुधबार सम्पादकहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । ‘एमालेलाई यो संविधान मन परेको छैन । एमाले संविधान खारेजको पक्षमा छ’ प्रचण्डले भने, ‘एमालेलाई समावेशी, समानुपातिक र गणतन्त्र मन परेको छैन ।’ वर्तमान सरकारले संविधान संशोधन गर्ने बताउँदै आएको छ । यो सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले वर्तमान संविधानको पूर्णतः कार्यान्वयन हुनै बाँकी रहेको बताएका छन् ।

    कार्यान्वयन हुनै बाँकी रहेको संविधान संशोधन गर्ने पक्षमा आफूहरू नरहेको पनि प्रचण्डको भनाइ छ । ‘अहिले हाम्रो प्राथमिकता संविधान संशोधन होइन, कार्यान्वयन हो’ उनले भनेका छन् ।

    संविधान कार्यान्वयनका लागि संघीय निजामति ऐन बनाउनुपर्ने भन्दै प्रचण्डले यसमा  ध्यान दिन सरकारलाई आग्रह गरे । संघीय प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने प्रक्रिया अगाडि बढाउन सुझाए । संविधानका यी महत्वपूर्ण प्रावधानहरू कार्यान्वयन गर्नै बाँकी रहेको अवस्थामा संशोधन नभएर कार्यान्वयन गर्ने विषय नै प्राथमिकतामा पर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ