शुक्रबार, कात्तिक २ गते २०८१

रिजन ढकाल १० लाखमा चितवनमा आवद्ध

रिजन ढकाल १० लाखमा चितवनमा आवद्ध

अखबार दैनिक
आइतबार, असोज २० २०८१
  • रिजन ढकाल १० लाखमा चितवनमा आवद्ध

    काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा रिजन ढकाल १० लाख रुपैयाँमा चितवन राइनोजमा आवद्ध भएका छन् ।

    images

    आइतबार भएको अक्सनमा पहिलो खेलाडीको रुपमा बायाँ हाते तीब्र गतिका बलर रिजन ढकाल आएका थिए । ढकालले गत फेब्रुअरीमा क्यानडाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । उनले ए ग्रेडको न्यूनतम मूल्य १० लाख रुपैयाँ पाएका हुन् ।

    त्यस्तै स्पिन अलराउण्डर सुवास भण्डारी विराटनगर किंग्समा पुगेका छन् । न्यूनतम मूल्य २ लाख राखेका उनलाई किन्न दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । विराटनगर त्यसपछि काठमाडौं गुर्खाजले अक्सनमा बोली लगाएका थिए ।  उनी २ लाख ५० हजारमा विराटनगरमा पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ