बुधबार, कात्तिक १४ गते २०८१

खाद्यद्वारा दसैँको लागि आजदेखी खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु

खाद्यद्वारा दसैँको लागि आजदेखी खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु

अखबार दैनिक
आइतबार, असोज २० २०८१
  • खाद्यद्वारा दसैँको लागि आजदेखी खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु

    काठमाडौं । दसैँको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ। कम्पनीले खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री वितरण सुरु गरेको हो।

    images

    दसैँमा कम्पनीले १५ सय खसीबोका र च्याङ्ग्रा ३ सय गरी कुल १८ सय बेच्ने लक्ष्य राखेको छ । खसीबोका जिउँदोको प्रतिकेजी ६६० र जिउँदो च्याङ्ग्रा छुटसहित १२२० रुपैयाँमा बिक्री वितरण सुरु गरेको छ। 

    पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई मध्येनजर गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै  सिङमा हरियो रङ लगाइएको खसीबोका खरिद गर्न आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार