आइतबार, असोज ४ गते २०८३

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

बुधबार, असोज १६ २०८१
  • डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

    नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । माघ दोस्रो साता यताको यो संख्या हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ ।

    ईडीसीडीका प्रमुख डा।यदुचन्द्र घिमिरेका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा डेंगु, झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम हुने देखिएको छ । ‘बाढी प्रभावित क्षेत्रमा खाने बस्ने ठाउँ छैन, त्यस्तो अवस्थामा रोगको झनै जोखिम हुन्छ नै’ उनी भन्छन्, ‘यस्तो अवस्थामा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’

    बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने उनी सुझाउँछन् । खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँग हात धुन र व्यक्तिले जथाभाबी दिसा पिसाब गर्न नगर्न मन्त्रालयको आग्रह छ । विशेषगरी बालबालिका, दिर्घरोगी, गर्भवती महिला र रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई पानीजन्य रोगको जोखिम बढी हुने भएकाले व्यक्तिगत सरसफाइ ध्यान दिनुपर्ने देखिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार