काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पत्रकार सम्मेलन मङ्गलबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना गरिएको छ । प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमार्फत पछिल्लो विपद् र त्यसबारे सरकारले लिएको निर्णय जानकारी गराउनेछन् ।
सोमबार मात्रै ११ दिने अमेरिका भ्रमण टुङ्ग्याएर स्वदेश फर्किएका प्रधानमन्त्री ओली विमानस्थलमा पत्रकारहरूसँग गैरजिम्मेवारीपूर्ण जवाफ दिँदै कड्किएका थिए । त्यसबाट गलत सन्देश गएको बुझाइका साथ प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको बताइएको छ ।