बिहीबार , असोज ३ गते २०८१

जनताको भोक मेटाउन जिम्बाब्वेमा २ सय हात्ती मारिँदै

जनताको भोक मेटाउन जिम्बाब्वेमा २ सय हात्ती मारिँदै

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • जनताको भोक मेटाउन जिम्बाब्वेमा २ सय हात्ती मारिँदै

    जिम्बाब्वे सरकारले जनताको भोक मेटाउन २ सय हात्ती मार्न लागेको छ। खाद्यान्न अभाव भएपछि जिम्बाब्वे सरकारले २ सय हात्ती मारेर नागरिकको भोक मेटाउने तयारी गरेको छ।

    images

    दक्षिण अफ्रिकी मुलुकहरूमा यसवर्ष देखिएको अल निनोका कारण खडेरी परेपछि त्यहाँका ६ करोड ८० लाख नागरिक प्रभावित बनेका छन्। जिम्बाब्वेका पाक्र्स एन्ड वाइल्डलाइफ अथोरिटीका प्रवक्ता तिनाशे फारावोले पुष्टि गर्दै २ सय हात्ती मार्ने तयारी भएको बताए।

    उनले विशेषगरी खाद्यान्नको अत्यधिक अभाव भएको क्षेत्रमा हात्तीको मासु पठाइने जानकारी दिए। यसअघि नामिबिया सरकारले पनि खडेरीका कारण खाद्यान्न अभाव भएपछि ७ सय जनावर मार्ने घोषणा गरेको थियो। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ