सोमबार, पुस १५ गते २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

अखबार दैनिक
बुधबार, भदौ २६ २०८१
  • क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग–२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्ने सन्दीपसहितको नेपाली टोली मंगलबार राति क्यानडा प्रस्थान गरेका छन् । 

    images

    क्यानडामा लिग–२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी–२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो। लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ।

    यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी–२० सिरिज पनि खेल्ने छ। सिरिजअन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपाली टोली लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्ने छ। 

    रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी टोलीमा सामेल छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार