सोमबार, भदौ ३१ गते २०८१

डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

बुधबार, भदौ १९ २०८१
  • डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

    चितवन । चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए ।

    images

    उनका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अंगहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगुको संक्रमण देखिएको छ ।

    तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । संक्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका छन् ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ