आइतबार, असोज ४ गते २०८३

मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

अखबार दैनिक
शुक्रबार, असोज २ २०८३
  • मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    काठमाडौँ, २ भदौ : सरकारले छिमेकी दुईसहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।    
        
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष लेखी पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।    
        
    सरकारले भारतका लागि नेपाली राजदूतमा डा निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापालाई राजदूतका लागि सिफारिस गरेको छ ।    
        
    त्यस्तै, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि शरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जापानका लागि जिज्ञानकुमार थापा सिफारिस हुनुभएको छ ।    
        
    ओमानका लागि डा पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, गणतन्त्र कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा मञ्चला झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको मन्त्री पोखरेलले बताउनुभयो ।    
        
    यसैगरी, मन्त्रिपरिषद् बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।    
        
    सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ