शुक्रबार, मंसिर १४ गते २०८१

काभा वुमन्स भलिबलमा सहभागी भएका खेलाडीले पाए जनही तीन लाख पुरस्कार

काभा वुमन्स भलिबलमा सहभागी भएका खेलाडीले पाए जनही तीन लाख पुरस्कार

अखबार दैनिक
बिहीबार , भदौ १३ २०८१
  • काभा वुमन्स भलिबलमा सहभागी भएका खेलाडीले पाए जनही तीन लाख पुरस्कार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन् ।

    images

    बिहिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो ।

    गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार