श्रीलङ्काले ३५ देशका नागरिकका लागि भिसा फ्रीको निर्णय गर्दा नेपालसमेत समेटेको छ। बुधवार सार्वजनिक सूचिमा पहिलो नम्बरमा बेलायत छ भने भिसा फ्रीको सूचिमा नेपाल १२ नम्बरमा छ।
सो सूचिमा नेपालसहित भारत, चीन समेत छन्।श्रीलङ्काका परराष्ट्रमन्त्रीले निर्णय सार्वजनिक गर्दै ट्विट गरेका थिए। सो ट्विटलाई कोट गर्दै नेपालको परराष्ट्र सचिव सेवा लम्सालले भिसा फ्रिको सूचिमा नेपालसमेत समावेश गरेको धन्यवाद दिएकी छिन्।
श्रीलंका जाँदा भिसा नलाग्ने देशहरूको सूची :
१. बेलायत
२. जर्मनी
३. नेदरल्यान्ड्स
४. बेल्जियम
५. स्पेन
६. अस्ट्रेलिया
७. डेनमार्क
८. पोल्यान्ड
९. काजाकिस्तान
१०. साउदी अरब
११. यूएई
१२. नेपाल
१३. चीन
१४. भारत
१५. इन्डोनेसिया
१६. रुस
१७. थाइल्यान्ड
१८. मलेसिया
१९. जापान
२०. फ्रान्स
२१. अमेरिका
२२. क्यानाडा
२३. चेक गणतन्त्र
२४. इटाली
२५. स्विट्जरल्यान्ड
२६. अस्ट्रिया
२७. इजरायल
२८. बेलारुस
२९. इरान
३०. स्विडेन
३१. दक्षिण कोरिया
३२. कतार
३३. ओमान
३४. बहराइन
३५. न्युजिल्यान्ड