काठमाडौं । झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–२ का २१ वर्षीय रामकृष्ण श्रेष्ठ छन् । १३ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । हिजो दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
मंगलबार राति ललाइफकाइ आफ्नै घरमा लगेर उनले बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।